Advertisement

जसपा राष्ट्रिय अध्यक्ष यादवद्वारा राजविराजमा इन्जिनियरिङ कलेज नबनिर्मित भवनको उद्घाटन

न्युजडेस्क
२०८० माघ ९, मंगलवार १५:००

राजविराज । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरिएको भवनको एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको छ।

यहाँ निर्माण गरिएको इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ ।

यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय काेषबाट याे भवन निर्माण भएको थियो ।

भवनभित्र ४ कक्षा काेठा, ल्याब काेठा ३, पुस्तकालय काेठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको छ ।

६ कराेड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा रु ४ करोड ६१ लाख २९ हजार ९८० मा सेफ स्टील कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर