Advertisement
☰

धनुषामा प्रहरी हिरासतमै थुनुवाले गरे आत्मह’त्या

न्युजडेस्क
२०७८ श्रावण १५, शुक्रबार १०:४७

जनकपुरधाम / जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका एक थुनुवाले हिरासतको शौचालयमा पासो लगाई आत्महत्या गरेका छन्। 

शुक्रबार बिहान करिब साढे ४ बजेतिर थुनुवाले आत्महत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। 

लक्ष्मिनिया गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदास शौचालयको भेन्टीलेसनमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्। आफ्नै भाई विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका पल्टु आर्थिक अभाव र जेल जाने भयका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 

धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम तिर्न नसकेको कारण थुनामा राख्न कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो। 

थुनुवालाई कारागारमा बुझाउने प्रयोजनको लागि हिरासतमा राखिएकै अवस्थामा पल्टुले आफ्नै गञ्जीको पासो बनाई घाँटीमा झुण्डिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर