Advertisement

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

न्युजडेस्क
२०७८ चैत्र २७, आईतवार ०७:४३

इस्लामावाद । पाकिस्तानी  प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ। 

शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन्। 

इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पाकिस्तानका पहिलो प्रधानमन्त्री बनेका छन्। मतदानमा ‘अन्तिम बल सम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो। 

नयाँ प्रधानमन्त्री चयनका लागि आज दिउँसो २ बजे संसद बैठक बस्नेछ।

सर्वोच्च अदालतले बिहीबार  संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए। केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए।

विपक्षी दलबाट प्रधानमन्त्री पदका उम्मेदवार पाकिस्तान मुस्लिम लिग (नवाज) का शाहबाज शरीफ छन्। 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर