Advertisement

राष्ट्रिय मुस्लिम परिषद नेपालले दासविरुद्ध मधेश प्रदेशको गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

न्युजडेस्क
२०८१ बैशाख ३, सोमबार २०:२०

जनकपुरधाम, बैशाख ३ गते |  राष्ट्रिय मुस्लिम परिषद नेपालले आज मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राज कुमार लेखीलाई ज्ञापन पत्र बुझाएको छ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र हजरत आइशा (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) को निन्दाको बिरूद्ध सोमबार उक्त संस्थाका सदस्यहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमल नारायण दासले पैगम्बर मुहम्मदﷺ तथा इस्लाम धर्मावलम्बीको सा माथि सामाजिक संजाल मार्फत गरेको अमर्यादित टिप्पणीको विरुद्ध सो ज्ञापन पत्र बुझाएको राष्ट्रिय मुस्लिम परिषद नेपालका अध्यक्ष मो. मुशाहिद हुसेन, सदस्य ईसराफील अंसारी, कलीम राइन, अमीन राईन, शाकीर हुसेन, तनबीर रेजा पत्रकार, माहीद हुसेन, अहमदुल्ला, खुरसीद खान सहाब (अध्यक्ष पाकिजा कमिटी), अताउल हकले सहभागी थिए ।

अत: ज्ञापनपत्र बुझिसकेपछि मन्त्रीले मधेश प्रदेशमा साम्प्रदायिक द्वेष सृजना गरिने माथि कार्वाही गरिने आश्वासन दिनुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर