Advertisement
☰

जसपा द्वारा असोज ३ कालो दिवस साथै जनकपुरमा प्रदर्शन ।

न्युजडेस्क
२०७७ आश्विन ३, शनिबार २०:१८

द प्रदेश टाइम्स / जनकपुरधाम : २०७२ साल असोज ३ गतेका संविधान मधेस विरोधी भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आज जनकपुरमा विरोध प्रदर्शन गरेको छ । साथै कालो दिवस मनाइएको छ्न।

जनक चोक बाट हजारौं को संख्यामा रहेका नेता तथा कार्यकर्ताले विरोध र्याली निकालेको हो । जुलुसमा प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, जसपाका संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसद रामअशिष यादब, प्रमेश्वर साह लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।

प्रदर्शनकारीहरुले केपी ओली चाहिदैन, मधेस विरोधी संविधान स्वीकार्न सकिदैन, संविधान संशोधन गर जस्ता नारा लगाएका छन् । विरोध र्याली जनकपुरको विभिन्न भागमा परिक्रमा पश्चात पुनः जनकचोकमै पुगेर कोणसभा गरेका छन ।

नेपाली काँग्रेस, तत्कालिन नेकपा एमाले र माओवादीले बहुमतको दम्भ देखाएर ०७२ असोज ३ मा मधेस विरोधी संविधान जारी गरे । सोही वर्षदेखि मधेसी दल तथा जनता असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको छ । मधेसभर आज साँझ ब्लाक आउट गरिने जसपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर