Advertisement

जनमत पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र सहित दर्जनौं युवा जसपा, नेपालमा प्रवेश

न्युजडेस्क
२०८१ पुष २८, आईतवार १५:५७

जनकपुरधाम, पुस २८ गते। जनमत पार्टी का केन्द्रिय सदस्य एवम् महोत्तरी क्षेत्र न ३ ख का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशी आज जसपा नेपालमा प्रवेश गरेको छ।

पुर्व उपप्रधानमन्त्री तथा जसपा ,नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवज्युको बिशेष उपस्थिति र जसपा नेपालको राजनैतिक समिति सदस्य एवम मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवको उपस्थितीमा मधेशीलाई प्रवेश गराएको हो।

साथै जनमत पार्टीका दर्जनौं युवाहरू शुभास मिश्रा, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, लभ ठाकुर, नरेश यादव जनमतका नेताहरु जसपा नेपालमा प्रवेश गरेका छ्न।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नव प्रवेशीहरुलाई माला, अबिर, गमछालगाएर पार्टीमा स्वागत गराएका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर