Advertisement

प्रदेश सांसद यादव द्वारा मधेश आन्दोलनका जिउँदो शहिद दास सम्मानित

न्युजडेस्क
२०८१ माघ ५, शनिबार २०:१२

जनकपुरधाम,माघ ५ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले ऐतिहासिक मधेस आन्दोलनका जिउँदो शहिद सुनिल कुमार दासलाई घरमै पुगेर सम्मान गरेका छन।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १५ रामपुर गाउँ स्थित जिउँदो शहिद दासको घरमा पुगि प्रदेश सांसद यादवले दोसल्ला ओढाएर सम्मान गरेका छन।
मधेस आन्दोलनको जनकपुरधामको हनुमानगढी मन्दिर नजिक जिउँदो शहिद दासलाई ३ गोलि लागेको थियो जस मध्य १ गोलि अझै जिउँदो शहिद दासको शरिरमा रहेकोे छ।
सम्मान गर्ने क्रममा जिउँदो शहिदका पिता रामप्रसाद दास,समाजिक अभियन्ता कृष्ण चन्द्र साह,पत्रकार मनिष गुप्ता सहितको उपस्थित रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर