काठमाडौँ । यस वर्ष पनि कोरोनोको लहर तीव्र भएर शैक्षिक संस्था बन्द भए पछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अब अर्को परीक्षाको रुटिन कहिले आउछ भन्ने एकीन छैन । तर अर्को सूचना नभए सम्मका लागि परिक्षा भने स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।यस पटक एसईईमा ५ लाख १७ हजार विद्यार्थी सहभागी हुँदै थिए भने कक्षा १२ मा ४ लाख बढी विद्यार्थी थिए ।
यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्