Advertisement

सुनसरीमा सर्पले टोकेको २ दिनपछि बालकको मृत्यु

न्युजडेस्क
२०८२ जेष्ठ १९, सोमबार १३:४४

सुनसरीमा विषालु सर्पले टोकेर घाइते भएको २ दिनपछि १ जना बालकको मृत्यु भएको छ ।सर्पले टोकेर बराहक्षेत्र नगरपालिका–२ का अजय थापाका छोरा १० वर्षीय अनिष थापाको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार आफ्नै घरमा खेल्ने क्रममा बालकलाई जेठ १६ गते सर्पले टोकेको थियो ।
कुन प्रजातिको सर्पले टोकेको हो भनेर यकिन भइसकेको छैन । सर्पले डसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।उपचारकै क्रममा आइतबार साँझ मृत्यु भएको डीएसपी खतिवडाले बताए । उनका अनुसार पोस्टमार्टपछि अभिभावकले राति ८ बजेतिर शव बुझेर लगेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर