Advertisement
☰

मृत्युक परिवारलाई हेल्प मधेसी द्वारा १ लाख सहयोग मानव सेवा धर्म सबै भन्दा पैघ धर्म: सांसद यादव

न्युजडेस्क
२०७७ भाद्र २४, बुधबार १७:२४

द प्रदेश टाइम्स / जनकपुरधाम/ भाद्रो २३ गते हेल्प मधेसी द्वारा १ लाख सहयोग मानव सेवा धर्म सबै भन्दा पैघ धर्म हो सांसद यादव।

साउदी अरब मा मृत्यु भएको स्व कमल देव शर्मा को धर्म पत्नी लाई हेल्प मधेसी १ लाख रुपैयाँ सहयोग गरेको छ। जसपा नेता प्रदेश सांसद रामअशिष यादव हेल्प मधेसी द्वारा सोनिगामा गाउँ मा अायोजित शोक सभा मा १ लाख को चेक मृतक शर्मा को धर्म पत्नी लाई हस्तान्तरण गरेका छन।

हेल्प मधेसी का केन्द्रीय अध्यक्ष राम उदगार यादव को संयोजन मा भएको शोक सभा कार्यक्रम मा हंसपुर नगरपालिका को प्रमुख राम ज्ञान मंडल, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, युवा नेता विजय भगत, उपाध्यक्ष अम्बु साह, हेल्प मधेसी को केन्द्रीय उपाध्यक्ष फिरोज राइन, कोषाध्यक्ष फुल कुमारी यादव,शिव महतो, युवा नेता अोमप्रकाश महतो, समाजिक अभियन्ता बलिराम कापडि,जसपा अौरहि गाउँ पालिका अध्यक्ष कमल देव मंडल,अप्रवासी संघ जिल्ला अध्यक्ष कौशल्या महतो, लगाईत का वक्ताहरु शोक मन्तव्य व्यक्त गरेका छ्न।

हंसपुर नगरपालिका सोनिगामा गाउँ बस्ने समाजसेवी रामवृक्ष ठाकुर को पुत्र कमलदेव शर्मा को २ महिना अगाडि साउदी अरब मा कोरोना संक्रमण रोग ले मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर