Advertisement

२ भारतीय गाँजा र कारसहित पक्राउ

न्युजडेस्क
२०८१ पुष ३, बुधबार १३:१३

आमिन राईन
जनकपुरधाम, पुष ३ गते।
बरा प्रहरीले अमलेखगन्जबाट १५ केजी गाँजा र कारसहित २ जना भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ । पथलैया–हेटौंडा सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बीआर २२ जे–५३३३ नम्बरको भारतीय प्लेट भएको कारभित्र बीचको सिट मुनि फलामको फल्स बटम बनाई सोही फल्स बटमभित्र लुकाइछिपाई लगिरहेको गाँजा बरामद गरिएको अमलेखगन्ज प्रहरी चौकीका प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।कार चालक भारत विहार जिल्ला पूर्वीचम्पारण, मोतिहारी थानाअन्तर्गतका गोबिनगंजमरा-१४ चनडीस्थान गाउँका २६ वर्षीय अखिलेशकुमार साह र कारमा सवार १९ वर्षीय राजकुमार पासवान छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर