Advertisement

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

न्युजडेस्क
२०८२ मंसिर १३, शनिबार १९:०९

महोत्तरी। बर्दिबास नगरपालिका–१० खैरमारा निवासी प्रेम लामा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। तत्कालीन राजपा नेपालको केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्षसमेत रहिसकेका लामा हाल नेकपा एमाले प्रदेश कमिटी सदस्यको भूमिकामा रहेका थिए।

आगामी राजनीतिक यात्राका लागि जसपा नेपालको विचार, सिद्धान्त, आदर्श र नेतृत्वप्रति आकर्षित हुँदै उनले पार्टी प्रवेश गरेको बताइएको छ। जनकपुरमा आयोजित डोटिम जिल्ला भेलाको विशेष कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादवले लामालाई पार्टी सदस्यता प्रदान गर्दै गम्छा र मालाले स्वागत गरेका थिए।

लामाको प्रवेशलाई पार्टीले आगामी राजनीतिक सशक्तीकरणका दृष्टिले महत्वपूर्ण रुपमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर