Advertisement

ओली- प्रचण्डबीच छलफल सुरु

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार १७:५६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय  केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ।

विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक आज बस्दै नबसी चौथो पटक स्थगित भएको छ ।



स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर