Advertisement

पानी दे सरकार भन्दै समाजवादी युवा संघ नेपालद्वारा जनकपुरमा विरोध प्रर्दशन

न्युजडेस्क
२०८२ श्रावण ११, आईतवार १९:१५

धनुष, साउन ११ गते । जनकपुरधाममा पानी माग्दै जनता समाजवादी पार्टी, नेपालको युवा संगठनले प्रर्दशन गरेको छ। आइतबार सामाजवादी युवा संघ, नेपालले मधेस प्रदेश सरकारविरुद्ध प्रर्दशन गरेको हो।

‘भ्रष्ट सरकार पानी दे, चुरे दोहन बन्द गर, राहत प्याकेज घोषणा गर, किसान विरोधी सरकार होसियार, किसान मार्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेर उनीहरुले नाराबाजी गरेका हुन्।

जनकपुरधामको जनक चोकबाट सुरु भएको प्रर्दशन जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको थियो।

समाजवादी युवा संघले मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयमा चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्नु पर्ने, मलको व्यवस्था गर्नुपर्ने, प्रदेश सरकारले ल्याएको चालु आवको बजेटमा दुई वटा रेडबुक बनाएको विषयमा छानबिन गर्नुपर्ने माग गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर