Advertisement

सांसद सरिता गिरिलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन

द प्रदेश टाइम्स
२०७७ असार २३, मंगलवार १७:०९

काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन गरिएको छ। आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो।  लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

त्यही कार्यदलले गिरिलाई कारबाही गर्नका लागि पार्टीमा सिफारिस गरेको थियो।  समाजवादी पार्टीका विश्‍वदीप पाण्डेले संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासन गरिएको पुष्ट गरे।  ‘पार्टीको ह्वीप उल्लंघन गरेको कारणले पार्टीले उहाँलाई कारबाही गरेको छ,’ पाण्डेले थाहाखबरसँग भने, ‘सांसद पदबाट पनि र पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय भएको छ।’

  जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्तिहरु दिँदै आएकी छन्। गिरिलाई कारबाही गरिएको बारे अब निर्वाचन आयोगलाई जानकारी गराउने तयारी समाजवादी पार्टीको छ।  

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर