Advertisement

राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी

न्युजडेस्क
२०७८ मंसिर ९, बिहीबार १४:५३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गरेर लिङ्देनले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

(राप्रपा)को प्रत्यक्षबाट एक्ला सांसद एवं पार्टीको महामन्त्री रहेका लिङ्देनले अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।राप्रपाका प्रभावसाली नेता धवल शमशेर राणाले लिङ्देनलाई अध्यक्षमा उम्मेदवारी दिन यसअघि नै प्रस्ताव गरेका थिए ।
मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताए । उनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताए ।कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताए । आफूहरूले पार्टीमा नयाँ सुरुवात गर्न लागेको राणाले बताए । लिङ्देनले जित्नकै लागि आफूले अध्यक्षको उम्मेदवार बनेको प्रतिकृया दिएका छन् । उनले आफ्नो जित निश्चित भएको तर कुन तरिकाबाट अघि बढ्ने भन्नेमा मात्रै केही अलमल भएको बताए ।
उनले वर्तमान अध्यक्ष थापाबाट राप्रपाका कार्यकर्ताहरु थाकिसकेकाले आफ्नो जितमा कुनै समस्या नरहेको बताए ।राप्रपामा हाल ३ अध्यक्ष रहेका छन् । जसमा हालसम्म अध्यक्षमध्ये कमल थापाले मात्रै उम्मेदवारी दिने बताउँदै आएका छन् । राप्रपाका युवा नेताहरु नयाँ नेतृत्वमा लिङ्देनलाई नै चाहेका छन् ।

नायिका तथा नेतृ रेखा थापाले (राप्रपा)को आगमी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।(राप्रपा)को आगामी महाधिवेशमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई साथ दिने रेखाले बताइन् ।रेखाले खुलेरै लिङ्देनलाई सहयोग गर्ने बताइन् ।उनले पार्टीमा अब युवा पुस्ताको भूमिका रहनुपर्ने भनाइका साथ आफूले लिङ्देनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । यसअघि उनी अध्यक्ष कमल थापाको पक्षमा थिइन् । अध्यक्ष थापाको प्रतिद्वन्द्वीको रुपमा उम्मेदवार घोषणा गरेका लिङ्देनलाइै नै उनले साथ दिने भएकी हुन् ।राप्रपापको केन्द्रीय सदस्यसमेत रहेकी रेखा २०७३ सालबाट (राप्रपा)मा लागेर राजनीति गरिरहेकी छन् । उनी त्यसअघि नेकपा माओवादी केन्द्रमा थिइन् ।राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर