Advertisement

बलात्कारको आरोपमा दुई पक्राउ

न्युजडेस्क
२०७८ मंसिर १४, मंगलवार १४:१२

वीरगञ्ज । महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको बेला पर्सामा २ वटा बलात्कारका घटना सार्वजनिक भएको छ ।

वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो । प्रहरीले १७ वर्षीया किशोरी बलात्कारको आरोपमा वीरगञ्ज–७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिका बलात्कारको आरोपमा जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनीहरु दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर