Advertisement
☰

विमान दुर्घटना : कोही पनि जीवित भेटिएनन्, ६७ जनाकै मृत्युको आशंका

न्युजडेस्क
२०८१ माघ १८, शुक्रबार १०:००

एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा रेगन नेसनल एयरपोर्टनजिकै अमेरिकी एयरलाइन्सको विमान र सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेकाहरु हालसम्म जीवित भेटिएका छैनन् ।
बिचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको जहाज र सेनाको हेलिकोप्टर ठोक्किँदा बुधबार राति दुर्घटना भएको थियो । जहाजमा चालक दलका ४ सदस्यसहित ६४ जना र हेलिकप्टरमा ३ जना अमेरिकी सैनिक सवार थिए ।
विभिन्न सञ्चारमाध्यमका अनुसार हालसम्म ४० जनाभन्दा बढीको शव फेला परिसकेको छ । जहाजको फ्लाइट डाटा रेकर्डर (ब्ल्याक बक्स) पनि फेला परेको छ । बीबीसका अनुसार हालसम्म कोही पनि जीवित फेला नपरेका कारण सबै जना (६७ जना)कै मृत्यु भइसकेको आशंका गरिएको छ ।
दुर्घटना भएको दृश्यलाई केही क्यामेराले कैदसमेत गर्न भ्याएका थिए। जसमा विमानस्थलमा हवाईजहाज अवतरण गर्ने तयारीमा रहेको र हेलिकोप्टरसँग ठोक्किएको देखिन्छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर