Advertisement

मधेश प्रदेशबासी जडिबुटी खेती तर्फ आकर्षित: प्रदेश सांसद यादव

न्युजडेस्क
२०७८ माघ ९, आईतवार २०:१९

जनकपुरधाम,माघ ९ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेस प्रदेशका बासिन्दाहरु जडिबुटी खेती तर्फ आकर्षित भैरहेको कुरा बताउनुभएको छ।

हंसपुर नगरपालिका वार्ड नं ६ स्थित सोनिगामा आर्युवेद औषधालय योग भवन मा संचालित तिन दिने जडिबुटी खेती तालिम को शुभारम्भ गर्ने क्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले जडिबुटी खेती तर्फ किसानहरुलाई अाकर्षित गर्न प्रदेश सरकारले प्रयास गर्नु पर्ने आवश्यकता माथि जोड दिनुभयो।

वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसेन को अध्यक्षता भएको उदघाटन कार्यक्रममा वार्ड अध्यक्ष माथुरा यादव,सोनिगामा आर्युवेद औषधालयका प्रमुख बरिष्ठ कबिराज राम छबिला यादव, स्थानीय जसपा नेता रामवृक्ष ठाकुर, राम गणेश मुखिया, वनस्पति का फिल्ड अफिसर भरोषि यादव सहित वक्ताहरुले बोल्नु भएको थियो।
सो तालीम सोनिगामा र टिल्ही गाउँ का २५ जना स्थानीय वासिन्दा सहभागी रहेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर