Advertisement
☰

बारामा ६२ बोरा चना प्रहरीद्वारा बरामद

न्युजडेस्क
२०७८ असार २६, शनिबार १४:०९

बारा । बारा प्रहरीले ६२ बोरा भुटेको चना बरामद गरेको छ । प्रहरीले विश्रामपुर गाउँपालिका– ३ बाट ६२ बोरा भुटेको चना बरामद गरेको हो ।

बरामद गरिएको १ हजार ५ सय ५० किलो भुटेको चनाको बजार मुल्य १ लाख १६ हजार २ सय ५० रुपैयाँ अनुमान गरिएको छ ।
बिहीबार राति ११:५० बजे जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा चना बरामद गरेको थियो ।
बरामद गरिएको भुटेको चना शुक्रबार आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।‘ भन्सार छली गरेर भुटेको चना तस्करी हुँदैछ भन्ने सूचना हामीले पाएका थियौं ।

’ उनले भने ‘ सूचना अनुसार टोली खटाउँदा वेवारिसे अवस्थामा चना भेटियो । ल्याउनेहरु भागिसकेछन् । चना बरामद गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाएका छौं ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर