Advertisement

धनुषाधाममा वनस्पति जैविक उधान निर्माण गर्ने: मन्त्री यादव

न्युजडेस्क
२०७८ फाल्गुन २८, शनिबार ०५:३४

जनकपुरधाम फागुन २७ गते। संघीय बन तथा वातावरण मन्त्री राम सहाय यादवले मधेस प्रदेशको मध्यमा अवस्थित धनुषाधाम संरक्षित वनलाई वनस्पति र जैविक उधानको रुपमा विकास गर्ने कुरा बताउनुभएको छ।
ऐतिहासीक रामायणकालिन धनुष को अवशेष रहेको देवभूमि धनुषाधाम संरक्षित वन भित्र रहेको वनस्पति अनुसन्धान केन्द्र र वन क्षेत्रको निरिक्षण गर्न क्रममा वन मन्त्री यादवले दुर्लभ जडिबुटी पाइने धनुषाधामको वनस्पति अनुसन्धान केन्द्रमा जडिबुटी प्रसोधन उद्योग को अावश्यकता रहेको कुरा मा जोड दिनुभयो।
उहाँले धनुषाधाम संरक्षित वनमा जैविक उधान निर्माण गरि पर्या पर्यटनको विकास गर्न कुरा बताउनुभएको छ।
वनस्पति अनुसन्धान केन्द्र धनुषाधाम का प्रमुख ताहिर हुसेन र मिथिला वाइल्ड लाइफ ट्रष्ट का अध्यक्ष देवनारायण मंडल ले वनस्पति उधान र जैविक उधान निर्माण गर्ने प्रबल सम्भावना रहेको धनुषाधाम संरक्षित वन सम्बन्ध मा मंत्री यादवलाई अवगत गराएका छन्।
सो अवसरमा वन मन्त्री यादवले वनस्पति अनुसन्धान केन्द्रको धार्मिक उधानमा रुद्राक्ष को विरुवा पनि रोपण गर्नुभयो।
पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवको पहलमा संघीय वन मन्त्रीद्वारा गरिएको निरिक्षण को क्रममा केन्द्रीय सदस्य रामगोविन्द यादव,जसपा जिल्ला पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह , नगर अध्यक्ष बिनोद यादव , राष्ट्रिय प्रकृति संरक्षण कोष का सदस्य सचिव शरद अधिकारी, राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समिति का अध्यक्ष,डा किरण पौडेल, कार्यालय प्रमुख रामवालक यादव, वरिष्ठ कविराज रामछबिला यादव सहित को सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर