Advertisement
☰

शिक्षा,स्वास्थ्य,संस्कार र समृद्धिका संगम योग: प्रदेश सांसद यादव

न्युजडेस्क
२०८१ पुष २३, मंगलवार १२:१९

जनकपुरधाम,पुष २३ गते । जसपा,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले शिक्षा ,स्वास्थ्य,संस्कार र समृद्धिको अदभूत संगम रहेको योगका विकासका लागि राज्यले ध्यान दिनुपर्ने कुरा बताउंनु भयो ।
आर्युवेद पतन्जली योग समिति शहिदनगर यदुकूहाको ८ ओै वार्षिकोत्सब को समुदघाट्न गर्नक्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले स्वस्थ समाज- समृद्ध समाज निर्माणका लागि विद्यालयहरुमा योग शिक्षा अनिवार्य गर्नुपर्ने कुरा बताउंनु भयो ।
आर्युवेद पतंजली योग समिति यदुकूहाका अध्यक्ष सुनिल साह को अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा शहिदनगर नगरपालिका का उपप्रमुख सुनिता सिंह,वार्ड अध्यक्ष मनोज दास,पतन्जली योग समिति धनुषाका अध्यक्ष संजिब यादव,आर्युवेद ओैषधालय सोनिगामाका प्रमुख डा रामछबिला यादव,आर्युवेद ओैषधालय यदुकुहाका प्रमुख डा अनिल झा,योगगुरु मनोहर साह,बिमल पंडित,सियाराम मंडल ,शिक्षक महादेव साह सहितका वक्ताहरूले योगको विशेषता र महत्त्व माथि प्रकाश पारेका छन।
सो अवसरमा सप्त शहिद भूमि यदुकूहामा गत ८ वर्ष देखि योग शिविर संचालन गरि स्वस्थ समाज- समृद्ध समाज निर्माण सेवामा महत्त्वपुर्ण भुमिका निर्वाह गरि रहेका आर्युवेद पतन्जली योग समिति यदुकूहाका अध्यक्ष सुनिल साहलाई प्रदेश सांसद यादवले दोसल्ला ओढाएर सम्मान गरेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर