Advertisement

कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

न्युजडेस्क
२०७८ आश्विन १०, आईतवार ११:११


पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् ।
विजुक्छेका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत ल्याएका थिए । देशकै ठूलो महानगर पोखराको सभापतिका लागि विजुक्छे र पराजुलीसहित रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि सभापतिका प्रत्यासी थिए ।कांग्रेस पोखरा महानगर उपसभापतिमा प्रयागराज भण्डारी भवसागर बराल विजयी भएका छन् ।

सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापाले बाजी मारे ।महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता थिए । त्यसमध्ये १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर