Advertisement

समाजवादी युवा संघ मधेश प्रदेश समितिको विस्तारित बैठक तथा होली मिलन सम्पन्न

न्युजडेस्क
२०८१ फाल्गुन २७, मंगलवार २१:२४

जनकपुरधाम, फाल्गुन २७ गते। समाजवादी युवा संघ, नेपाल मधेस प्रदेश समितिको अध्यक्ष कमलेश यादवको अध्यक्षता र जसपा, नेपालका केन्द्रिय सचिव तथा पूर्व मन्त्री सुरेश मण्डल ज्युको प्रमुख आतिथ्यमा विस्तारित बैठक तथा होली मिलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रेम चन्द्र झा, प्रदेश युवा, विद्यार्थी तथा खेलकुद बिभाग प्रमुख पूर्व मन्त्री ज्ञानेन्द्र यादव, युवाका केन्द्रिय अध्यक्ष संजीव यादव, म. संजिला यादव, पार्टी धनुषा जिल्ला अध्यक्ष पशुपती यादव, दलित समितिका प्रदेश अध्यक्ष रामु महरा, विद्यार्थी नेता पुष्पा यादव लगायत समाजवादी युवा संघ, नेपाल मधेस प्रदेश समितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा बैठक तथा होली र रमजानको शुभकामना अदान-प्रदान कार्यक्रम जनकपुर पार्टी कार्यालयमा आयोजित गरियो।

कार्यक्रममा उपस्थित सबैले एकअर्कासँग होलीको पर्वको खुशी साझा गर्दै रमजान महिनाको पवित्रता र आस्थालाई सम्मान गर्दै शुभकामना व्यक्त गरे।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर