Advertisement

जसपा नेपालको वार्षिक आयब्यय सार्वजनिक

न्युजडेस्क
२०८१ पुष २९, सोमबार १६:१०

जनकपुरधाम, पुस २९ गते। जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ।
सोमबार जसपा नेपालले आ.व. २०८०/०८१ को पार्टीको आयब्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो।
राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइड, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ।
आयोगको कानून अनुसार पार्टीको लेखा परिक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर