Advertisement

प्रदेश न २ का राज्य मन्त्री कुशवाहा द्धारा समाजिक दुरी कायम गरी दशै, दिपावली, समाचकेवा, छठ मनाउन आग्रह

न्युजडेस्क
२०७७ कार्तिक ५, बुधबार १७:१३

जनकपुरधाम/ कार्तिक ५ गते यस वर्ष नेपाल लगायत विश्वका सम्पुर्ण देश हरुमा फैलिएको कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्न न दिन नेपाल सरकारले लकडाउनको घोषणा गरेका थिए । जनसमुदायमा सामाजिक दुरी काइम गरी चाड पर्व मनाउन प्रदेश न २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ले अनुरोध गरेका हुन् ।

हिन्दूहरुको महान चाड वडा दशैं, दिपावली, छ्ठ तथा समाचकेवा पर्वको उपलक्ष्यमा जनता समाजबादी पार्टी नेपाल का लोकप्रिय नेता तथा राज्य मन्त्री ले सम्पूर्ण नेपाली दाजु ,भाई ,दिदी बहिनी ,आमा बुबाहरुमा २०७७ सालको शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश न २ को आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री समेत रहेका छन्। राज्य मन्त्री सानै उमेर देखि राजनीतिमा सकृय रहेका छन्। राज्य मन्त्री द्वारा मेलामा भिडभाड नगर्न समाजिक दुरी कायम गरि साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई घरमै बसेर चाड पर्व मनाउन आग्रह गरेका छन् । कोरोना भाईरसको संक्रमण बाट बच्न र बचाउन हामी आफै सचेत रहनु पर्ने राज्य मन्त्री ले बताए छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर