Advertisement

मधेश प्रदेश सरकारले जेठ २१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

न्युजडेस्क
२०७९ जेष्ठ १८, बुधबार ०८:२६

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । जेठ २१ गते शनिबार बस्ने प्रदेशसभा बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।  

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा सरकार लागिपरेको उनले बताए ।  नीति तथा कार्यक्रममा छोरी शिक्षा बीमा कार्यक्रमलाई प्राथमिकताका साथ ल्याउन लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

मधेश प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने समेत मन्त्री साहले जानकारी दिए । बजेट प्रस्तुत गर्नुअघि प्रि–बजेट पनि ल्याउने तयारीमा मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय लागि परेको हो ।

त्यसअघि प्रदेशसभा सचिवालयले जेठ १९ गते बिहीबार दिउँसो १ बजे प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर