Advertisement

छातापिपरास्थित कोहिनुर टेक्सटाइल मिलमा आगलागी, एक करोडको क्षति

न्युजडेस्क
२०७७ कार्तिक ११, मंगलवार २२:३९

प्रेम नारायण यादव

वीरगञ्ज ११ कात्तिक । बारा जिल्लाको छातापिपरास्थित कोहिनुर टेक्सटाइल मिलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ को स्थित कपडा उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको हो ।

दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३:२५ मा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर फैलिएको प्रहरीको भनाइ छ ।

आगलागीमा उद्योगमै काम गर्ने भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो घाइते भएका छन् । दायाँ हात र अनुहारमा आगोले पोलेको उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर