Advertisement
☰

बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते भएका लाई हेलिकप्टरबाट काठमाडौं लगियो

न्युजडेस्क
२०७७ मंसिर ९, मंगलवार १८:०८

बर्दिबासमा बालिका बलात्कार तथा हत्याको विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रहरीको गोलि लागेर गम्भीर घाइते भएका भएका संजय न्यौपानेलाई हेलिकोप्टरबाट र श्याम कार्कीलाई एम्बुलेन्सबाट काठमाडौं लगिएको हो ।

महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट आतबार साँझ बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कार पछि हत्या भएको विरोध मंगलबार दिउँसो शवसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोलि चलाएकोथियो ।

त्यस क्रममा तीनजना घाइते भएका थिए । मृतक बालिकाकी आफन्त अफताब आलम समेत प्रहरीको गोलिको छर्रा लागेर घाइते भएका छ्न।

बालिकाको बलात्कार गरी हत्या आरोपमा पक्राउ परेका २५ वर्षीय स्थानीय युवक अरुण साहको घर समेत प्रदर्शनकारीले ढुंगामुढा गर्दै आगो लगाएर जलाएका छन् । सो क्रममा आगो निभाउन आएका दुईवटा बारुण यन्त्रणमाथि समेत स्थानीयले तोडफोड गर्दै अवरोध गरेका थिए ।

त्यस क्रममा प्रहरीले केहि सेल अश्रु ग्यास र हवाई फायर समेत गरेका थिए ।
बालिकाको शव सोमबार मध्य राति घर नजिकै बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर