Advertisement
☰

क्षीरेश्वर नगरपालिकाको मेयर योगेन्द्र पजियारको निर्देशनमा अनिल चौधरीको कुटपिट

न्युजडेस्क
२०७७ मंसिर १२, शुक्रबार ०५:३९

धनुषाको क्षीरेश्वर नगरपालिकाको मेयर योगेन्द्र पजियारको निर्देशनमा हामीलाई बुधवार साँझ कुटपिट तथा लुटपाट गरेको पीडित अनिल चौधरीले आरोप लगाएका छन् ।

विहिवार चौधरी आफ्नै निवास महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर साँझ ६ बजे मोटरसाइकल र ट्याक्टरमा करीब ७०÷७५ जनाको समूहमा आएकाहरुले पसलमा रहेको सामानहरु लुटपाट तथा बजार ठेक्कबाट उठेको ७ लाख रकम सहित लुटेर लगेको आरोप लगाएका छन् ।

हाम्रो बुवा राजदेव चौधरी, कर्मचारी धर्मेन्द्र महतो र शम्भु श्रेष्ठलाई कुटपिट गरेको छ । बुवाको उपचार जनकपुरधाम स्थित सिटी अस्पतालमा भई रहेको छ भने धर्मेन्द्र साहको उपचार यहाँ सम्भव नभएलाई थप उपचारका लागि काठमाडौं लगिएको उनले बताएका छन् ।
म मंगलवार राति ढल्केवरबाट मोटरसाइकलबाट घर आईरहेका थिए । ठेक्का लिएको सडकको ढाटमा बसन्त यादव नामका कर्मचारी थिए, उनले मलाई वियर खान भने, मैले वियर खानबाट अस्वीकार गरेपछि कुटपिट गर्न थाल्यो, प्रहरीलाई खबर गरेपछि यहाँबाट यादवलाई समातेर लगियो र केही क्षणमा छोडि पनि दियो( अनिल चौधरीले भने ‘बुधवार विहान बसन्त चौधरीले मलाई फोन गर्यो, तिमी गुण्डागर्दी गर्छौ । बढी यताउता गरेमा देखाई दिन्छौं ।’
उनले ठेक्कापट्टामा मेयरको समेत पार्टनरशीप रहेको जिकिर गरेका छन् ।
बसन्त यादवले फोन गरेको कल डिटेल हामीसँग छ, उनले मलाई धम्की दियो र बुधवार साँझ ७५ जनाको समूहमा आएर आफ्नो पसल र कार्यालयको सरसामानहरु तोडफोड गरेको चौधरीले बताए । उनले भने, ‘धम्की पश्चात् मैले प्रहरीलाई फोन पनि गरेर, तर प्रहरी आएन, प्रहरी समयमा आएको भए यस्तो घटना घटने थिए।’

अनिल चौधरीको जय माँ काली कन्स्टूक्सन रहेको भने विवाद गर्ने अर्को पक्षको सिद्धार्थ कन्स्टूक्शन रहेको छ । सिद्धार्थ कन्स्टूक्शनमा मेयर योगेन्द्र प्रसादको छोराको लगानी रहेको आरोप छ । चौधरीले केही दिनअघि मवेसी बजार ठिक्का लिएपछि विवाद हुन सक्ने स्थानीयवासीहरुको कथन छ ।

यता अनिल चौधरीले कुटपिट तथा लुटपाट गर्नेमा बसन्त यादव, प्रदीप यादव, सनोज यादव, सितेश झा, अनिल यादव, सुनिल यादव र रामपुकार यादव सहितको रहेको दावी गरेका छन् । यिनीहरु विरुद्ध मुद्दा दायर गर्ने दावी समेत गरेका छन् ।
यता यस सन्दर्भमा मेयर योगेन्द्र पजियारसँग टेलिफोन सम्पर्क गर्दा उहाँको फोन उठेन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर