काठमाडौं । पूर्व अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या भएको छ ।
मलाल माएवन्द बिहीबार जलालबादमा आफ्नो काममा जाँदै थिइन्, हतियारधारी समूहले उनको गाडीमा गोली चलायो । उनका ड्राइभर पनि मारिएका छन् ।
घटनामा अहिलेसम्म कुनै समूहले जिम्मा दिएको छैन ।
माएवन्द एनिकास टीभी एण्ड रेडियोकी पत्रकार हुन् । उनी कयौं पटक महिला पत्रकारका चुनौतीबारे खुलेर कुरा गर्थिन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनीकी आमा पनि सामाजिक कार्यकर्ता थिइन् र पाँच वर्ष पहिले अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्