Advertisement

अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

न्युजडेस्क
२०७७ मंसिर २६, शुक्रबार ०७:४३

काठमाडौं । पूर्व अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या भएको छ ।

मलाल माएवन्द बिहीबार जलालबादमा आफ्नो काममा जाँदै थिइन्, हतियारधारी समूहले उनको गाडीमा गोली चलायो । उनका ड्राइभर पनि मारिएका छन् ।

घटनामा अहिलेसम्म कुनै समूहले जिम्मा दिएको छैन ।

माएवन्द एनिकास टीभी एण्ड रेडियोकी पत्रकार हुन् । उनी कयौं पटक महिला पत्रकारका चुनौतीबारे खुलेर कुरा गर्थिन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनीकी आमा पनि सामाजिक कार्यकर्ता थिइन् र पाँच वर्ष पहिले अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर