मङ्सिर-२६
राजविराज
नबिन यादब
प्रत्येक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यपालिका सदस्यहरुले मिलोमतोमा पीडितको उपस्थिति बिनै अन्तरक्रिया कार्यक्रम गरेको छ।
समाजमा रहेका हानिकारका अभ्यास विरुद्ध कानूनको तर्जुमा र निर्माण मात्र नभई सो सम्बन्धमा प्रत्येक व्यक्तिलाई सो को जानकारी र स्थानीय तहसम्म छलफल, बहस र पैरवी गर्नुपर्ने कुरामा ध्यान केन्द्रित गरि कार्यक्रम गर्नुपर्ने हुन्छ।
तर तिलाठी कोइलाडी गाउँकार्यपालिका वाडा अध्यक्ष ,वाडा सचिव, गाउँपलिकाको केहि कर्मचारीहरूले कार्यक्रमलाई बेठक भनेर जनकारी दिएका वाडा सचिवले बताउनु भएको छ।
सो कार्यक्रममा कुनै ग्रामीण महिलाईहरूको सहभगिता नरहेको आफै सबै कर्मचारी मिलोमतो गरि कार्यक्रमको रकम र अन्य सामग्रीहरू सिध्याएको हो ।
तिलाठी कोइलाडी गाउँपलिकाको कर्मचारीहरूले यस्तो संङ्किर्ण कार्यक्रम प्रति हिंसा विरुद्धको अभियानमा हिंसाको शिकार हुने ब्यक्ति,समाजको उपस्थिति बिना नै कार्यक्रम गर्नु भएको अभियानको मर्मलाई जनप्रतिनिधिले नबुझेको नबिन यादबले बताउनुहुन्छ।
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता:ब्यक्ति,समाज,सबैको एक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ देशब्यापी रुपमा १६ दिने अभियान सरकारी तथा गैरसरकारी संघसंस्थाले मनारहेका छ्न।लैन्ङिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विभिन्न कार्यक्रम गरि पनि मनाइरहेका छ्न। हिंसाबाट पीडित महिला त्यसैगरि हिंसाको शिकार हुने बालिका ,किशोरकिशोरी लगायत पुरुष महिलाको सहभागीतामा अन्तक्रिर्या कार्यक्रम गर्ने प्रचलन छ् तर अभियानलाई तिलाठी कोइलाडी गाउँपालिकाले मिलोमतोमा हिंसा पीडितहरु,समाजिक अभियन्ता,समाजको सहभागिता बिना गरेको सो कार्यक्रमको एक जना कर्मचारीले बताएको छ।
नेपाल सरकारले लैगिक हिंसाबाट विशेष गरी बालिका, किशोरी र महिलाहरुले सम्मानपूर्ण जीवनयापन गर्ने हकबाट बंचित हुनु परेको छ। समाजमा रहेका करीति, कुसंस्कार तथा खराब अभ्यासहरुबाट कोही व्यक्ति पनि पीडित हुनु नपरोस्, हिंसाको शिकार हुनु नपरोस एवं अपमानित, अपहेलित र विभेद गरेको अवस्था नरहोस् र कुनैपनि महिलाको आँखामा आँशु देख्न नपरोस् भन्दै यस अभियानलाई सफल बनाउन सबैमा आह्वान गरेको छ।
सर्वप्रथम सन १९९१ मा”Center for Women Global Leadership” को सहयोगमा २० वटा देशहरुका विभिन्न महिलाको समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरेको थियो र अभियानमा जुटन विश्वलाई नै आव्हान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्