Advertisement

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा प्राविधिक बिधालयको उद्घाटन

न्युजडेस्क
२०७९ भाद्र २२, बुधबार १७:०७

महोत्तरी, भादौ २२ गते । मधेश प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले ३ वर्षीय डिप्लोमा कम्प्युटर शिक्षा कार्यक्रमको उद्घाटन गर्नु भएको छ।

मनरा सिस्वा नगरपालिका वाडा न १ मा रहेका श्री दुर्गा मा.बि मा प्रदेश सरकारबाट एक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक प्राविधिक बिधालय कार्यक्रम अन्तर्गत महोत्तरी क्षेत्र ४ `ख´ का प्रदेश सभा कुशवाहाले प्रदेशमा रहेको ६४ ओटा निर्वाचन क्षेत्र मध्य आफ्नो निर्वाचन क्षेत्रमा स्वीकृत गराउन पहिलो नम्बरमा सफल भएको हो।

वर्तमान मेयर मोहन पान्डेको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी, श्री दुर्गा मा. बि. प्रधानध्यापक कुमोद सिंह , वाडा अध्यक्ष लगाइतका व्यक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।

२००२ सालमा स्थापना भएको बिधालय महोत्तरी कै दोस्रो स्थानमा रहेको बिधालयमा अहिले सम्म यो क्षेत्र बाट धेरै राजनैतिक पार्टीका नेताहरु निर्वाचीत भएर गए र अहिले सम्म यस्तो योजना कुनै पनि जनप्रतिनिधिहरुले नल्याईएको स्थानीयहरुले दाबी गर्दै र आफ्नो कार्यकाल कुशवाहाले गरेर देखयाइकोमा स्थानीयहरुले धन्यवाद ज्ञापन गरेका थिए

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर