Advertisement
☰

सर्वोच्च अदालतले भन्यो, ‘कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नु’

न्युजडेस्क
२०७७ पुष २८, मंगलवार २२:३९

काठमाडौं, २८ पुष । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको छ ।

आज (मंगलबाबर) न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।

चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले गत असोज २८ गते संविधानको अनुसूची ८ मा पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै निवेदन दर्ता भएको थियो ।

विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शीघ्र निक्र्योल हुनुपर्ने बताउँदै आएका थिए ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप स्वीकृत गरेपछि देशभरका अधिकांस शिक्षण संस्थामा त्यही अनुसार पठन–पाठन भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर