Advertisement
☰

वीरगन्जबाट हतियारसहित ३ जना पक्राउ

न्युजडेस्क
२०७८ श्रावण १२, मंगलवार १५:०४

पर्सा / प्रहरीले वीरगन्जबाट आइतबार राति अवैध हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवा चोकस्थित एक होटलबाट उनीहरुलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमामा वीरगन्ज-२५ का २२ वर्षीय अनिल पटेल, पोखरिया-२ का २० वर्षीय विक्रान्त पटेल र वीरगन्ज-२५ का २० वर्षीय रक्की पटेल छन् । प्रहरीले पटेलको साथबाट पेस्तोल बरामद गरेको हो ।

हतियार बेचबिखन गर्ने उद्देश्यले बसिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई लक्ष्मणवास्थित एक होटलमा खाजा खाइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथमा रहेको प्रदेश २–०३–०१३ प २०९७ र अर्को अन टेस्ट सुपर स्पलेन्डर गरी २ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर