• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

चितवनमा सवारी दुर्घटना : ६ महिनामा ५८ जनाको मृत्यु

२०७७ माघ ८, बिहीबार १६:०२

चितवन : बागमती प्रदेशको काठमाडौँ, भक्तपुर र ललितपुरबाहेक १० जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा हुने गर्छ।

त्यसमा पनि ​पूर्वी चितवन क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ। जिल्लामा यो आर्थिक वर्षको ६ महिनाभित्र भएका सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भइसकेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सवारी दुर्घटनाबाट साउनमा ८, भदौमा ३, असोजमा ९, कार्तिकमा १०, मंसिरमा १३ र पुसमा १५ जनाको मृत्यु भएको हो।

गत आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा दुर्घटनाबाट ९१ जनाको मृत्यु भएको थियो। चालु आर्थिक वर्षको पुष मसान्तसम्म दुर्घटना परेर मृत्यु हुनेहरूमा पुरुष ४८ जना, महिला ६ जना, बालक एक र बालिका तीन जना छन्।

तीव्र गतिमा सवारी चलाउँदा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। अब भने तीव्र गतिका सवारीसाधनलाई ‘लाइडर गन’ को सहायतामा थप कडाइ गरी दुर्घटना नियन्त्रण गरिने उनले बताए।

जिल्लामा चालू आर्थिक वर्षको पुष मसान्तसम्म २१६ वटा दुर्घटना भए। तीव्र गतिका कारण १६१ वटा दुर्घटना भएको हो। चालकको लापरबाहीले ३८, ओभर टेकका कारण १० वटा, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७ र यात्रुको गल्ती र यान्त्रिक गडबढीका कारण १/१ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको विश्लेषण छ।

छ महिनाको अवधिमा तीव्र गतिमा सवारी चलाउने एक हजार ७५ जनालाई लाइडर गन प्रयोग गरी ट्राफिक प्रहरीले कारबाही गरेको छ।

‘गोन्द्राङदेखि भण्डारासम्मको राजमार्गमा तीव्र गतिमा सवारी चलाइन्छ’, ट्राफिक प्रमुख भट्ट भन्छन्, ‘यो सडक दुर्घटनाको जोखिमयुक्त क्षेत्र हो, यस सडकमा बढी दुर्घटना हुने गरेका छन्।’ लाइडर गनको सहायताले सवारीसाधनको गति मापन गर्ने गरिन्छ। तीव्र गतिमा सवारी चलाउनेलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना हुने उनले बताए।

चितवनमा एउटामात्रै लाइडर गन छ। यसले तीव्र गतिका सवारीको गति मापन गर्ने, गाडी नम्बरसहित फोटो खिच्ने, अभिलेख राख्ने र प्रिन्टसमेत गर्ने गर्छ। एउटा लाइडर गनलाई १२ लाख रूपैयाँसम्म पर्छ। चितवनमा यसको थप आवश्यकता रहेको ट्राफिक प्रहरीले जनाएको छ।

मोटरसाइकल, कारलगायतका निजी सवारीको गति ५० किमी प्रतिघण्टा र हेभी सवारीको गति ४० किमी प्रतिघण्टा हुनुपर्छ। गति त्यो भन्दा माथि हुने सवारी चालकलाई कारबाही गरिने प्रहरीले बताएको छ।

साँझको समयमा बढी दुर्घटना

जिल्लामा साँझको समयमा बढी दुर्घटना हुने गरेको पाइएको छ। पुस मसान्तसम्म भएका २१६ वटा दुर्घटनामध्ये साँझ ६ बजेदेखि राति १२ बजेसम्म ८९ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ।

त्यसपछि राति १२ बजेदेखि बिहान ६ बजेसम्म २० वटा, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ३६ वटा र दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ७१ वटा दुर्घटना भएको ट्राफिक प्रमुख भट्टले बताए।

२१६ वटा दुर्घटनामा ३३६ वटा सवारी साधन संलग्न देखिए, जसमा मोटरसाइकलमात्रै १६३ वटा छन्। दुर्घटनामा ट्रक/ट्यांकर ५४ वटा, जीप/कार ४५ वटा, बस २० वटा, ट्याक्टर र टेम्पो १२/१२ वटा, टिपर ६ वटा, माइक्रो ३ वटा र शारिरिक शक्तिबाट चल्ने १९ वटा सवारी संलग्न रहेको देखिएका छन्।

एक करोड ६१ लाख राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको ६ महिनामा एक करोड ६१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यो अवधिमा ट्राफिक नियम उल्लघंन गर्ने १९ हजार ९ सय सवारी कारबाहीमा परेको ट्राफिक प्रमुख भट्टले बताए। पुस महिनामा मात्रै ४ हजार ४ सय सवारीलाई कारबाही गरी ४४ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।कुलप्रसाद काफ्ले

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech