Advertisement
☰

जनकपुर प्रादेशिक अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

न्युजडेस्क
२०७८ बैशाख २६, आईतवार १९:२१

जनकपुर । धनुषामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको प्रादेशिक कोभिड अस्पतलामा भर्ना भएका २ पुरुष र एक महिलासहित ३ जना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमित भई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भई उपचार गराइरहेका ३ जनाको मृत्यु भएको प्रादेशिक कोभिड अस्पताल जनकपुरधामका प्रवक्ता डा.मनिष पाण्डेयले जानकारी दिए ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगर लादोबेला बस्ने ४२ वर्षीय महिला, जनकपुरधामकै ६५ वर्षीय पुरुष र वीरगञ्ज बस्ने ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको डा.पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर