Advertisement
☰

कलैयामा दाजुभाईको घाँटी रेटेर हत्या

न्युजडेस्क
२०७८ जेष्ठ ५, बुधबार ०६:३६

बारा। जिल्लाको कलैया उपमहानगरपालिका-७मा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय गफार मियाँका दुई छोराहरु (९ बर्षीयउसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारी)को घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रदेश न २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

डीआईजी सिंहका अनुसार हत्या भएका बालकहरुको धारिलो हतियारले घाँटी रेटेर छाडेको अबस्थामा आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र शव फेला परेको हो। हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक घर फर्केका थिएनन् । गफार मियाँका दुवैजना छोराको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरिएका ती बालकका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् भने घटनाबारे थप अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रमुख डीआईजी सिंहले बताए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर