महोत्तरी, । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा गए राति लुटपाट भएको छ । स्थनीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारधारी डाकाको समूहले लुटपाट गरेको हो ।
लुटपाटका क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ ।डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेको एसपी विष्टले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
























