काठमाडौँ । सिन्धुपाल्चोकमा बाढीका कारण केही कार्यालय र विद्यालय भवन बगेका छन् । यही असार १ गतेदेखि निरन्तर वर्षासँगै आएको बाढी अझै रोकिएको छैन ।
शुक्रबार राति हेलम्बु गाउँपालिका– २ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीकै कटानका कारण भत्केको छ ।. हेलम्बु– ४ कै ग्याल्थुममा रहेको विद्यालय ईस्ट प्वाइन्ट एकेडेमीको भवन बगेको हो ।यसअघि नै ती भवनहरू जोखिम सूचीमा राखिएका थिए ।
शुक्रबार राति आएको थप बाढीले कटान लागेपछि ती भवन बगाएको हो ।शुक्रबारको बाढीमा थप मानवीय क्षति भने नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार भत्किएका भवनहरूमा रहेका महत्वपूर्ण सामानहरू भने पहिले नै सुरक्षित स्थानमा सारिएको थियो ।मेलम्ची नगरपालिका– ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पुगेको बताइएको छ ।
साथै केही पुलहरु, कुखुरा फार्म लगायत किसानहरुको सयौँ रोपनी खेतीयोग्य जमिन समेत बाढीमा बगेको तथा कटान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्