• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिम्रिक एयर र सेवाग्राहीबीच काठमाडौंमा विवाद
बिरामी भोजपुरमा अलपत्र

२०७८ श्रावण ३, आईतवार १२:५९

शनिबार साँझ प्रहरीको १०० नम्बरमा एक व्यक्तिले अत्तालिँदै फोन गरे । भाइ बिरामी भएको र हेलिकप्टरलाई पैसा दिए पनि उद्धार नगरिदिएको उनको गुनासो थियो । उनी थिए भोजपुर घर भई काठमाडौं बस्ने गणेश घतानी । शनिबार बिहानै आफ्नो बिरामी भाइलाई काठमाडौं ल्याउन भनेर सिम्रिक एयरलाइन्सलाई ३ लाख ३० हजार रुपैयाँ बुझाएका थिए । तर, सिम्रिक एयरलाइन्सले भने साँझसम्म पनि बिरामीको उद्धार गर्न सकेको थिएन ।
फोन आएपछि महानगरीय प्रहरी प्रभाग गौशालाका डीएसपी केशव भट्टराई आफ्नो टोली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागे । बेलुका अबेरपछि मात्र दुवै पक्षबीच कुरा मिल्यो र बिरामीका आफन्त फर्किए ।
गणेशका अनुसार उनका भाइ कोभिडका बिरामी हुन् । उनलाई अक्सिजनको समस्या भएपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिएका थिए । अवस्था जटिल भएकै कारण उनले पनि हेलिकप्टरबाट काठमाडौं ल्याउने विचार गरे । त्यसका लागि जसोतसो रकमको जोहो गरे ।
शनिबार बिहान ८ बजेदेखि कुरे पनि हेलिकप्टरले भने साँझ ६ बजेसम्म बिरामी ल्याउन सकेन । ‘बिरामीको अवस्थाका कारण चाँडै ल्याउन भनेर हेलिकप्टरलाई पैसा दिइयो, तर बेलुकासम्म ल्याइदिएनन्,’ उनले भने, ‘कहिले हेलिकप्टर उडिसक्यो भन्छन्, कहिले बिग्रियो भन्छन्, कहिले मौसमको खराबीले ल्याउन सकिँदैन भन्छन् ।’तत्काल ल्याउनुपर्ने बिरामीलाई १/२ दिनपछि ल्याउन सकिने जवाफ पाएपछि भने उनले आफ्नो पैसा फिर्ता मागे । ‘हामी आर्थिक रुपमा सम्पन्न व्यक्ति होइनौं, हेलिकप्टरले ल्याउन नसकेपछि अरु माध्यमबाट ल्याउन पनि त पैसा चाहिन्छ,’ गणेशले भने, ‘तर, सहजै फिर्ता दिएनन्, प्रहरी प्रशासनसम्म गुहार्नुपर्यो । ३ लाख मात्र फिर्ता पायौं । ३० हजार दिएनन् ।’
बिरामीलाई काठमाडौं ल्याउन नसकेपछि उनले अहिले धरानमा भाइको उपचार गराइरहेका छन् । ‘सिम्रिकको हेलिकप्टरका लागि पैसा बुझाए पनि साह्रै दुःख पाइयो,’ उनले भने ।सिम्रिक एयरलाइन्सका पदाधिकारी योगेश सापकोटाले बिरामीलाई लिन हेलिकप्टर शनिबार बिहानै काठमाडौंबाट भोजपुरका लागि उडे पनि मौसम खराबीका कारण उद्धार गर्न नसकिएको बताए ।
‘बिहान यहाँबाट उडेको हेलिकप्टर धुलिखेलमा पुग्दा प्राविधिक समस्या देखिएको थियो । त्यहाँ बनाएर रुम्जाटार पुग्यौं । मौसम खराबीले त्यहाँबाट उडेको केहीबेरमै रुम्जाटारमै फिर्ता हुनुपर्यो,’ उनले भने, ‘त्यसपछि पनि भोजपुरका लागि हेलिकप्टर उडेको थियो । नजिक पुगेपछि फेरि मौसम खराबीका कारण विराटनगरमा ल्यान्ड गर्नुपर्यो ।’
बिरामीको उद्धार गर्न सम्भव भएसम्म प्रयास गरे पनि मौसम खराबीका कारण नसकिएको सापकोटाले बताए । ‘बिरामी लिनलाई उडेर नजिकसम्म पुगेपछि पैसा फिर्ता दिने अवस्था रहँदैन । तर पनि हामीले उहाँहरुको अवस्था बुझेर रकम फिर्ता गरेका हौं,’ उनले भने, ‘हाम्रो पनि चिकित्सकसहितको टोली हुन्छ, उनीहरुको खर्च हुन्छ । सकेसम्म प्रयास गरेका नै हौं ।’
गौशालाका डीएसपी भट्टराईले १०० नम्बरमा फोन आएपछि आफूहरुलाई विमानस्थल गएको र त्यहाँ बिरामीका आफन्त र एयरलाइन्सबीच सम्झौता भएको बताए । ‘बिरामी ल्याउन नसकेपछि आफन्तले पैसा मागेपछि एयरलाइन्सले फिर्ता दिएपछि कुरा मिलेको थियो,’ उनले भने, ‘त्यसपछि आफन्तले गुनासो गरेका छैनन् । उहाँहरुबाट कुनै निवेदन, उजुरी पनि आएको छैन ।’ पर्दाफास

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech