Advertisement

माइक झिकेर सभामुखलाई हिर्काउन खोजेकी एमाले सांसद भन्छिन्- टाउकोमै हान्न मन थियो

न्युजडेस्क
२०७८ भाद्र २५, शुक्रबार १८:३९

काठमाडौं-शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरु सुरु देखिनै आक्रामक रुपमा प्रस्तुत भए।सदन अवरोध गर्न खोजेपनि सभामुख अग्निप्रसाद सापकोटाले भने सदनका काम कारवाही अघि बढाइरहे।

त्यही क्रममा एमाले सांसद रेखा झाले माइक झिकेर प्रहार गर्न खोजिन्। झाले सभामुख सापकोटाले संसदको मर्यादा नराख्दा आफूले माइक झिकेर टाउकोमा हान्न खोजेको बताएकी छन्। संसद् भवनबाट बाहिरिँदै गर्दा उनले भनिन्, ‘टाउको फुटाउने मन थियो।’

माइक किन तान्नु भएको भन्ने प्रश्नमा उनले सभामुखलाई हान्न तानेको दाबी गरिन् । उनले सभामुखले असंसदीय गतिविधी गरेपछि आफू आक्रोशित बनेको बताइन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर