Advertisement

जल प्रदुषण कारण जलचर प्राणी संकटमा: प्रदेश सांसद यादव

न्युजडेस्क
२०७८ माघ २५, मंगलवार १३:५९

जनकपुरधाम । पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवले बढ्दो जल प्रदुषणका कारण माछा सहित जलचर प्राणी संकटमा परेको कुरा बताउनुभएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित मत्स्य स्वास्थ्य व्यवस्थापन तालिममा सम्बोधन गर्दै जल संरक्षण अभियन्ता प्रदेश सांसद यादवले जल प्रदुषणको नियन्त्रण न्युनिकरण नभए सम्म पृथ्वीमा रहेको ७०% पानी प्रदुषित भैई जलचर प्राणी को साथै मानव सभ्यता समेत संकटमा हुन सक्ने कुरा बताउनुभएको छ।

उहाँले जल प्रदुषण नियन्त्रण का लागि शौचालय र नाला सहित फोहोर पानीको जल प्रषधोन अनिवार्य गर्नुपर्ने र एक पटक मात्र प्रयोग हुने सिन्ग्ल युज प्लाष्टिक पोलिथिन प्रतिबन्धित गर्नुपर्ने कुरा मा जोड दिनुभयो।
जल प्रदुषणका कारण माछाको उत्पादनमा कमि भएको कुरा औल्याउँदै प्रदेश सांसद यादवले देश संघीयता गएपछि किसान समृद्धिका लागि मधेश सरकार ले दृघकालिन योजना बनाई सहयोग गर्ने कुरा बताउनुभएको छ।

सो तालीम मा सहभागी मधेश प्रदेश का ८ वटा जिल्ला किसान हरलाई प्रदेश सांसद यादव ,एन्टी प्लाष्टिक मैन कृष्ण चन्द्र साहर मत्स्य विकास तथा पशु पन्छी निर्देशनालयका निर्देशक जागेश्वर यादवले पर्यावरण संरक्षण को सन्देश दिदै एक एक वटा कपडा को झोला वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर