Advertisement

पुर्ण मास्क प्रयोगको सुनिश्चितता कार्यक्रम मन्त्री साह द्वरा शुभारम्भ

न्युजडेस्क
२०७८ आश्विन २०, बुधबार ०९:५५

जनकपुरधाम । सप्तरी सदरमुकाम राजविराजमा मंगलवार “पूर्ण मास्क प्रयोगको सुनिश्चितता” कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । राजविराजको मुटु मानिने गजेन्द्र चौकमा एका बिहानै आयोजित कार्यक्रमको शुभारम्भ गर्दै साहले “मास्क बिना प्रवेश निषेध, मास्क बिना कुराकानी निषेध, मास्क बिना सेवा निषेध” लगायतका मुल नारामा जोड दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रमुख अतिथी मन्त्री साहले भने –“ कोरोनाबाट बच्न र बचाउन एउटा भरपर्दो उपाय मास्क रहेको हुनाले मास्कको प्रयोग गर्नु जरुरी छ । अहिलेको वर्तमान समयमा मास्क अति आवश्यक रहेको सामाजिक विकास मन्त्रीले बताएका छन् । मास्क नलगाए पश्चात कोरोना सर्ने संभावना बढी रहेको हुनाले सबैले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने बताए ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उप प्रमुख साधना झा, नेपाल स्काउटका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना, रेडक्रस लगायत अन्य बुद्धिजीवी तथा समाजसेवीको उपस्थिति थियो ।
कार्यक्रममा पश्चात नेपाल स्काउट र रेडक्रसका प्रतिनिधिहरुले राजविराजको गजेन्द्र चौक, अस्पताल चौक, सहिद दसन चौक, रुपनी मोड लगायतका स्थानमा सर्वसाधारणलाई मास्कको महत्व बताउँदै मास्क लगाउन आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर