जनकपुरधाम, ११ कार्तिक । चितवनका भीमबहादुर विश्वकर्माको हत्यारालाई कारबाही गर्नुपर्ने भन्दै न्यायको लागि काठमाडौंको माईतीघरमा प्रदर्शन हुँदै आएको छ ।
आज भएको प्रदर्शनमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सरिक भएका छन् ।
प्रदर्शनमा उत्रिएकाहरुले जातिय हिंसा अन्त्य गर, हत्यारालाई कारबाही गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया दिनुहोस्