Advertisement

जनकपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण

न्युजडेस्क
२०७७ श्रावण ३०, शुक्रबार १८:२७

प्रदेश२। जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञसमेत रहेका जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवलाई कोरोना भाइरस संक्रमणकोे पुष्टि भएको छ ।

प्रदेश न २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा डा.यादवसहित धनुषाका ४८ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको रिपोर्टअनुसार जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका ४ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ ।

शुक्रबार जनकपुरका २२, धनुषा मिथिला बिहारी नगरपालिकाका १, बटेश्वर गाउँपालिकाका १, हंसपुर नगरपालिकाका १, मुखियापट्टी गाउँपालिकाका १, जमुनीवासका १, मिथिला नगरपालिकाका ६, धनौजी गाउँपालिकाका १ र लक्ष्मीनिया गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकाका १७, औरही नगरपालिकाका १ र पिपरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर