Advertisement

जनता समाजवादी पार्टी मा प्रवेश को लहर

न्युजडेस्क
२०७७ कार्तिक १८, मंगलवार २०:३०

धनुषा निर्वाचन क्षेत्र नं २ शहिदनगर नगरपालिका वार्ड नं ६ हडबारा गाउँमा स्थानीय स्तर को १५० जना नेता कार्यकर्ताहरु नेकपा र कांग्रेस पार्टी परित्याग गर्दै वैकल्पिक शक्ति जसपा नेपाल पार्टी मा प्रवेश गरेका छ्न।

७४ वर्ष पुरानो पार्टी कांग्रेस र ७१ वर्ष पुरानो पार्टी नेकपा देश मा एक विशेष वर्ग आर्य खश को हित मा संविधान जारी गरेका बहुसंख्यक मधेसी, मुस्लिम, दलित जनजाति, थारु माथि कुशासन गरि रहेका आरोप लगाउदै आत्म सम्मान, राष्ट्रिय पहिचान र पुर्ण समानुपातिक अधिकार प्राप्ति को लागि जसपा नेपाल पार्टी नेपाल कै एक पार्टी हो सांसद यादव ले बताएका थिए।

उक्त कार्यक्रम मा सहभागी कार्यक्रम अध्यक्षता सहिद नगर अध्यक्ष दिनेश प्रसाद यादव, कार्यक्रम प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादव, विशिष्ट अतिथी संघीय परिसद सदस्य विजय मन्डल, केन्द्रिय सदस्य मौलाना इजरायल अहमद रीजवी, प्रदेश सदस्य बिजय भगत ममता मन्डल, धनुषा जिल्ला उपाध्यक्ष अम्बु साह लगाइत नेता तथा कर्याकर्ता हरु को सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर