Advertisement

हारेपछि पनि अध्यक्ष चाहियो भन्दै केटाकेटीले जस्तो ‘क्याङक्याङ’ गरेको छैन : प्रधानमन्त्री ओली

न्युजडेस्क
२०७७ माघ १७, शनिबार २२:३४

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै मितिमा हुने दाबी दोहोर्याउनु भएको छ । उहाँले आफु जर्बजस्ती प्रधानमन्त्री बन्न नखोजेको उल्लेख गर्दै जनताको फैसला लिन आफु आतुर रहेको पनि प्रष्ट पार्नुभयो ।

चितवनमा शनिबार नेकपा (ओली समूह)ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ‘के मैले जनताले भनेको मान्दिनँ, जबर्जस्ती प्रधानमन्त्री हुन्छु भनेको छु र ? म के दुई ठाउँमा चुनाव हारेर पनि प्रधानमन्त्री हुने जस्केलाको बाटो हिँडेको छु र ?’

अध्यक्ष हारेपछि मलाई अध्यक्ष चाहियो भनेर केटाकेटीजस्तो क्याङक्याङ गरेको छु र ? त्यो मेरो तरिका होइन । मेरो तरिका जनताको बीचमा जाने हो ।’

जनताको साथ लिएर देश बनाउने उद्देश्य रहेको उल्लेख गर्दै उहाँले त्यस उद्देश्यलाई असफल बनाउन केही नेता लागिपरेको बताउनभुयो । जनताको मत लिन खोज्नु गलत नभएको र कसैले असफल बनाउन खोज्दैमा नहुने उहाँको भनाइ थियो ।

‘म असफल हुन्नँ, जनता असफल हुँदैनन् । मैले जनताको बीचमा जान्छु भनेको छु । के यो गलत हो ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘निर्वाचनमा जान डराउने अनि लोकतन्त्रका कुरा गर्ने ? मैले शासनमा बसिरहन्छु भनेको छैन । जनताको मत लिने भनेको छु ।’

सभालाई सम्बोधन गर्दै गृह मन्त्री राम बहादुर थापा बादलले सरकारको नेतृत्व गर्दा पनि कुनै हिसाबले काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको आफ्नो धारणा दोहोर्याउनु भयो ।

‘अलिकति अगाडि बढ्न खोज्यो, खुट्टा समाउँछन्, फेरि अलिकति अगाडि बढ्न खोज्यो दौराको फेर समाउँछन्,’ उहाँले भन्नुभयो, ‘कामै गर्न नदिएपछि जनताले नै दण्डित गरुन् भनेर चुनाव घोषणा गरिएको हो । अब त्यस्ता गलत तत्त्वलाई जनताले नै ठीक गर्छन् ।’

प्रधानमन्त्री ओलीले शनिबारनै जिल्लाका दुई ठूला आयोजनाकोे शिलन्यास गर्नुभएको थियो । उहाँले भरतपुरको सिटी हल र पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्नु भएको हो ।

सिटीहल र सडक दुवैको ठेक्का भई निर्माण शुरु भईसकेको छ । सिटी हल शहरी विकास डिभिजन कार्यालय चितवन र सडक डिभिजन सडक कार्यालय भरतपुरले बोलपत्र आव्हान गरी सम्झौता समेत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर