Advertisement

प्रदेश-२ को प्रदेश सभा बैठक फेरि स्थगित

न्युजडेस्क
२०७८ असार २३, बुधबार १६:३६

जनकपुरधाम – प्रदेश-२ को प्रदेश सभा बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

अर्को बैठक पर्सि दिउँसो १ बजे बोलाइएको छ । आज बस्ने बैठक प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकोले स्थगित गर्नुपरेको प्रदेश सभा सचिवालयका सचिव रंजितकुमार यादवले जनाएको  छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गर्नुभएको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगित भएको थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि गएको १६ गतेलाई बैठक बोलाइएको थियो । तर, फेरि बैठक स्थगित गर्दै आजका लागि सारिएको थियो । आजको बैठक पनि बस्दै नबसी स्थगित भएको छ ।  

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर