Advertisement

मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषण गर्न मांग: प्रदेश सांसद यादव

न्युजडेस्क
२०८० श्रावण २२, सोमबार १४:२७

जनकपुरधाम, श्रावण २२ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता, मधेस प्रदेशका प्रदेश सांसद रामअशिष यादवले धनुषा,शहिदनगर नगरपालिका लक्ष्मीपुर, बघवन, बेमरिखिखाल गाउँका अगुवा किसानहरुसंग भेटघाट गरेका छन।


सो अवसरमा मधेस प्रदेशका जनप्रिय समाजवादी नेता यादवले देश र प्रदेश का मेरुदण्ड रहेको किसानहरुको प्रोत्साहन का लागि अाफु सुखदुःख मा साथ रहने कुरा बताएका छन।
उहाँले किसानहरुको सुबिधा का लागि मधेस प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गर्न सरकार संग मांग पनि गरेका छन।
भेटघाटको क्रममा समाजवादी नेता यादवले पर्यावरण संरक्षण को सन्देश दिदै अगुवा किसानहरुलाई एक एक वटा कटहर र अमला सहितका फलफूल विरुवाहरु वितरण गरेका छन।


सफल कृषक बाले यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा समाजसेवी रामतपेश्वर यादव , रामप्रगाश मंडल, लक्ष्मेश्वर यादव कामेश्वर यादव ,शिवजी यादव , राजा यादव ,साधु यादव सहित स्थानीय किसानहरुको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर